बुटवल – प्रदेशसभा सदस्य कमला विश्वकर्माले रुकुम घटना मानवता विरोधी,बर्बरता र क्रुरता भएको बताउँदै घटनाका लागि उक्साउने उत्प्रेरित गर्ने सबैलाई कानूनी दायरामा ल्याउन आग्रह गर्नुभएको छ । शुक्रबार प्रदेश ५ को प्रदेशसभाको छैटौं अधिवेशनको छैटौं बैठकमा बोल्दै उहाले सो आग्रह गर्नुभएको हो ।
उहाले जातीय विभेदका कारणले विभत्स रुपमा हत्या भएको भन्द घटनालाई तोडमोड नगरि दोषीलाई कानुनी कारवाहीमा ल्याउन माग गर्नुभयो ।‘ युवाहरुको ज्यान जानेगरी भएको उक्त घटनाका दोषीलाई कुुनै तहबाट संरक्षण हुनुहुुँदैन । घटनालाई उत्प्रेरित गर्ने,सहयोग गर्ने,सहभागि जोकोहीलाई पनि कानूनी दायरामा ल्याई कारवाही गरी पीडितलाई न्याय दिनु पर्नेमा जोड दिनुभयो। ’ उहाले भन्नुभयो। गणतन्त्र स्थापित भएपछि २५ जनाले ज्यान गुमाएको बताउँदै रुपन्देहीको देवदहमा भएको घटनाले पनि कानूनलाई नै चूनौती दिएको विश्वकर्माले बताउनुभयो ।
त्यसै सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रमले पनि दलितलाई विभेद गरेको बताउनुभयो । उहाले भन्नुभयो ‘ सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम राम्रो भएतापनि कृषि सामग्री उत्पादन गर्ने दलित वर्गलाई समेटेको छैन ।’ त्यसैगरी कोरोना संक्रमण प्रदेश सरकारले चालेका कदम सकारात्मक भएको बताउँदै संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै सबै मिलेर संक्रमण विरुद्ध लड्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्