प्रदेश नम्बर ५ को पाल्पामा पहिलो पटक कोरोना संक्रमण पुष्टी

प्रदेश नम्बर ५ को पाल्पामा पहिलो पटक कोरोना संक्रमण पुष्टी

तानसेन ।
प्रदेश नम्बर ५ को पाल्पामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमुना परीक्षणमा ३ जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको हो पाल्पामा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको माथागढी गाउँपालिकाको क्वारेन्टिनमा बसेका १८ वर्षीय पुरुष र रैनादेवी छहराको क्वारेन्टिनमा बसेका ३८ र ४० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पोजिटिभ स्वास्थ्य कार्यालय पाल्पाले पुष्टी गरेको छ ।

उनीहरु एक साता अघि भारतबाट आएर तानसेनको बतासेडाँडाको होल्डिङ क्वारेन्टिनमा बसेका स्थानीय तहको क्वारेन्टाईनमा पठाईएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । माथागढीका संक्रमितको बतासेमै स्वाब लिएर पठाएको र रैनादेवी छहराका दुई जनाको भने गाउँमै स्वाब लिइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।

आइतबार बेलुकी प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाद्धारा जारी रिपोर्टमा उल्लेख गरेको प्रमुख न्यौपानेले बताउनुभयो ।

माथागढीका युवालाई सोमबार र रैनादेवीछहरामा देखिएकालाई आइतबार राती या सोमबार बिहान सम्म आइसोलेशन कक्षमा ल्याइने तयारी भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।

पाल्पाबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको २७१ जनाको परीक्षणमा २५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ११ जनाको रिपोर्ट आउन बाकी रहेको छ ।

पाल्पामा पछिल्लो एक सातामा मात्रै भारतका विभिन्न स्थानबाट १ हजार ३ सयबढी जिल्लामा भित्रिएका छन । उनीहरुमध्य केहीको पिसिआर परीक्षण गरिएको भएपनि हाल किटको अभावले स्थानीय तहका क्वारेन्टाईनमा राखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij