काठमाडौं ।
पछिल्लो चौबीस घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताउनुभयो । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उहाले बताउनुभयो ।
हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ७१ हजार ९०३ वटा नमुना परीक्षण गरिएको उहाले जानकारी दिनुभयो। उहाले पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ३ सय १० वटा नमुना परीक्षण गरिएको बताउनुभयो । मन्त्रालयका अनुसार आज १ लाख ३३ हजार ९ सय ३३ जना सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा छन् । आज १५ सय ६९ जना देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको देवकोटाले जानकारी दिनुभयो । कोरोना निको हुनेको संख्या २२१ पुगेको छ । जसमा ४१ महिला र १ सय ८० पुरुष छन् ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्