काठमाडौं- नेपालका ६१ जिल्लामा कोरोना संक्रमण देखिएको छ । प्यूठानमा एक र पर्वतमा सातजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको जिल्ला ६१ पुगेको हो ।
कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २९३ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा २७० पुरुष र १८ महिलामा सङ्क्रमण देखिएको हो ।
मंगलबार साझ झापामा थप पाँचजनामा संक्रमण देखिएको थियो । झापाका संक्रमितलाइ विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकाे छ ।
यसअघि सोमबार २३९, गत शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो ।
यो सँगै सङ्क्रमितको सङ्ख्या दुई हजार १ सय ४ पुगेको छ ।
आज एकै पटक ४५ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । काठमाडौं, गुल्मी र धरानबाट जम्मा ४५ जना डिस्चार्ज भएका हुनु ।
योसँगै डिस्चार्ज हुनेमा अहिलेसम्म २६६ जना रहेका छन् । तीमध्ये २१२ पुरुष र ५४ महिला छन् ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्