कपिलवस्तु –रुकुम पश्चिममा भएको नवराज विक हत्याको विरोधमा बुधबार कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ शिवगढीमा विरोध प्रदर्शन भएको छ । स्थानीय युवा मिलेर बिभिन्न प्ले कार्डसहित तुरन्तपुर चोकमा मैन बत्ति बाल्दै शान्तिपूर्ण सांकेतिक प्रदर्शन गरिएको हो । मुलुकको राजनैतिक परिवर्तनमा दलित समुदायको महत्वपुर्ण भुमिका रहेको छ । आज गाउ गाउमा सिहदरबार भएर पनि जातकै कारणले ज्यान गुमाउनु पर्ने घटना निकै निन्दनीय कार्य हो । यस्तो अपराधमा संलग्नलाई कडा भन्दा कडा कारबाहिको नेत्र बिक्रम चन्द विप्लपका छोरा डा। प्रकाश चन्दले माग गर्नुभयो । त्यस्तै कार्यक्रममा स्थानिय शंकर के.सि, हरी श्रेष्ठ, अधिकारकर्मी संजिव गहतराज र राष्ट्रिय खेलाडि रामु सुनारले यो एउटा कार्यक्रम मात्र नभएर अभियान भएकोले घटनालाई तोड मोड नगरि दोषिलाई कारवाहिको माग गर्नु
भयो । प्रदर्शनकारीहरुले सरकार अँध्यारोमा छ, उज्यालो यहाँ छ, निर्दोष दलित हत्या बन्द गर, घटनाको छानबिन गर, दोषीलाई फासी दे लगायतका प्लेकार्ड बोकर प्रदर्शनमा उत्रिएका थिए । प्रेम सम्बन्धको नाममा नवराज विक र उनका साथीको हत्यामा सिंगो गाउँ जुटी लागेको हुनाले यसको चौतर्फी भत्र्सना भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्