रुपन्देही।
सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाईसिस सेवा बन्द गर्ने भएको छ ।
सरकारले अस्पताललाई भुक्तानी नगर्दा आवश्यक डाइलाईजर, फ्लुड, हेपारिन, ट्युब, फिस्टुला लगायतका सामग्री उपलब्ध गराउंदै आएका सप्लायर्सले समेत उपलब्ध गराउन बन्द गराएपछि असार १ गतेदेखि सेवा बन्द गर्न बाध्य भएको अध्यक्ष एजाज आलमले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको ११ महिनाको पौने ८ करोड रकम भुक्तानी नगर्दा अस्पतालले दिएको डायलाईसिस सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो ।
विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटु, क्यान्सर लगायतका विरामीलाई उपचारमा सहुलियत दिने सरकारको घोषणा अनुरुप मुटु अस्पतालले विगत ४ वर्षदेखि निशुल्क डायलाईसिस सेवा उपलब्ध गराउंदै आएको थियो । विपन्न वर्गका विरामीलाई डायलाईसिस सेवा उपलब्ध गराए वापत अस्पतालले प्राप्त गर्नुपर्ने पौने आठ करोड रकम भुक्तानी हुन नसकेको अस्पतालले जनाएको छ ।
अध्यक्ष आलमले तिन तहका सरकारका विचमा अस्पतालहरुको नविकरणका विषयमा भएको अलमलका कारण ११ महिना वितिसक्दा पनि रकम निकासा हुन नसकेको बताउनुभयो । उक्त अस्पतालले २०७३ साल पुष १७ गतेदेखि निशुल्क डायलाईसिस सेवा संचालन गर्दै आएको छ । हाल प्रदेश ५ मा साढे ६ सयको हाराहारीमा मृगौलाका विरामी रहेको भएपनि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र साढे ३ सय जना विरामीले निशुल्क डायलाईसिस सेवा लिंदै आएका छन् । चालु आर्थिक वर्षको ११ महिनामा विपन्न वर्गका २ सय ६३ विरामीले सहुलियतमा मुटुको उपचार सेवा समेत लिएका अस्पतालले बताएको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्