क्वारेन्टिनमा भएका सबैको पिसिआर परीक्षण नहुने

क्वारेन्टिनमा भएका सबैको पिसिआर परीक्षण नहुने

काठमाडौ

सरकारले क्वारेन्टिनमा भएका सबै व्यक्तिको पिसिआर परीक्षण नगर्ने भएको छ।

पछिल्लो समय अत्यधिक परीक्षणको चाप बढेपछि सरकारले कोभिड-१९ टेस्टिङको नयाँ निर्देशिका जारी गर्दै प्राथमिकताका आधारमा पिसिआर परीक्षण गर्ने नीति लिएको हो।

नयाँ निर्देशिकामा सरकारले पिसिआर परीक्षणको लागि तीन वटा प्राथमिकता तय गरेको छ।

पहिलो-आइसोलेसनमा रहेका, संक्रमणको जोखिमयुक्त ठाउँबाट आएका र संक्रमितसँगको सम्पर्कमा आएकाको परीक्षण गर्ने भनिएको छ।

दोस्रो- फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, जोखिममा काम गर्ने सुरक्षाकर्मी, सरसफाइमा खटिने कर्मचारी, तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामी जो कोरोनाको शंकास्पद पनि छन् त्यस्ता व्यक्तिको पनि पिसिआर परीक्षण गर्ने भनिएको छ।

यस्तै धेरै संक्रमण फैलिएको समुदायका व्यक्ति र लक्षण भएका व्यक्तिलाई पिसिआर परीक्षणको तेस्रो प्राथमिकतामा राखिएको छ।

यसबाहेक ज्वरो, स्वासप्रस्वासमा समस्या भएका, छाती दुख्ने, पखला लाग्ने, घाँटी र मांशपेसी दुख्ने र खोकीको लक्षण भएका व्यक्तिहरूको पनि पिसिआर परीक्षण गरिनेछ।

क्वारेन्टिनमा छ तर लक्षणविहीन अवस्था छ भने त्यस्ता व्यक्तिको पिसिआर परीक्षण गर्न नपर्ने निर्देशिकामा उल्लेख छ। यद्यपी क्वारेन्टिन बसाइँको १४ दिनपछि सबैको आरडिटी परीक्षण गर्ने भनिएको छ।

पछिल्लो समय अत्यधिक परीक्षणको चाप बढेपछि सरकारले यसलाई नियन्त्रित गर्न पिसिआर टेस्टिङको नयाँ निर्देशिका जारी गरेको हो। अहिले देशभरका प्रयोगशालाहरूमा क्षमताभन्दा तेब्बर नमूना संकलन भइरहेको छ। जसले गर्दा प्रयोगशालामा नमूनाको चाङ लाग्न थालेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र दैनिक ३ हजार नमूना आउने गरेको प्रयोगशालाकी निर्देशक डा. रूना झाले बताइन्।

उनले पनि कतिपय अनावश्यक नमूना आएको भन्दै टेस्टिङको नयाँ निर्देशिका जारी गर्नुपरेको बताइन्।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij