विश्व वातावरण दिवसको अवसरमा तिलोत्तमा जेसीजद्धारा वृक्षारोपण तथा विरुवा हस्तान्तरण

विश्व वातावरण दिवसको अवसरमा तिलोत्तमा जेसीजद्धारा वृक्षारोपण तथा विरुवा हस्तान्तरण

बुटवल ।
विश्व वातावरण दिवसको अवसरमा नेपाल जेसीजले राष्ट्रव्यापी रुपमा एक बिरुवा मेरो जिम्मेवारीू को नारा सहित विरुवा रोप्ने मात्र हैन विरुवालाई रुख बनाउने मेरो जिम्मेवारी भन्ने अठोट लिई वृक्षारोपण गरिरहेको अवसरमा तिलोत्तमा जेसीजले पनि आज तिलोत्तमा ९ सिद्धार्थ टोलको केही स्थानमा वृक्षारोपण तथा विरुवा हस्तान्तरण गरेको छ । आँप, कागती, लिचि, कटहरका १०० बढी बिरुवाहरु रोप्नुका साथै २७ घर परिवारलाई बिरुवा हस्तान्तरण गरिएको तिलोत्तमा जेसिजका अध्यक्ष लोक प्रसाद भण्डारी राजुले जानकारी दिनुभयो । उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बिनोद ढकाल, सल्लाहकार तथा पुर्व अध्यक्ष यादव भट्टराई, निबर्तमान अध्यक्ष जय प्रकाश भट्टराई, अध्यक्ष लोक प्रसाद भण्डारी, महासचिव बासुदेव शर्मा, कोषाध्यक्ष महेश पौडेल, कार्यकारिणी उपाध्यक्षहरु प्रकाश गौतम, रमेश न्यौपाने, उपाध्यक्ष रोहित पौडेल,बिनित भट्टराई लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij