पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या ३२०० नाघ्यो

पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या ३२०० नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३२३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा आज मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३२३ जनामा देखिएको बताए ।
उनले कोरोना भाइरसको संक्रमण देखिएकामा २८६ जना पुरुष र ३७ जना महिला रहेको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना निको भएर ३२ जना घर फर्किएका छन् । कुल कोरोना निको हुनेको संख्या ३६५ जना पुगेको बताए ।
हालसम्म कोरोना भाइरसको आंशकामा पीसीआर विधिबाट ९२ हजार ४७७ वटा नमुना संकलन गरेर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १११ वटा नमुना संकलन गरेर परीक्षण गरिएको मन्त्रालयको भनाइ छ । हाल सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख ६८ हजार ३८ जना रहेका छन् ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij