बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त

बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त

बुटवल ।
बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो ।

Image may contain: one or more people, people sitting, people playing sports, shoes, grass, outdoor and nature
कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै विदाई गर्नुभयो । विभिन्न चरणमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम उनीहरुलाई डिस्चार्ज गरिएको बुटवलका प्रमुख सुवेदीले बताउनुभयो ।

Image may contain: one or more people, outdoor and nature घर फर्किएपछि समुदायमा सचेतना दूतका रुपमा काम गर्न आग्रह गर्दै उहाँले सन्तुलित आहारविहारलाई जारी राख्न आग्रह गर्नुभयो ।

त्यसअवसरमा प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले आइसोलेशनबाट संक्रमण मुक्त भएर घरमा गएपनि त्यहाँ गएर अपनाउनुपर्ने स्वनियमका बारेमा जानकारी गराउँदै नियमित ज्वोरो नाप्ने थर्मोमिटर, मास्क, पञ्जालगायतका सामग्री प्रदान गर्नुभएको थियो ।

Image may contain: one or more people, people standing, child and outdoor

आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठजना र एकजना रुपन्देहीका रहेका छन् । उनीहरु संक्रमण पोजेटिभ देखिएपछि गत जेठ ११ गते बुटवल–१० स्थित बुटवल आइसोलेशन सेन्टरमा भर्ना हुन आएका थिए । त्यसरी भर्ना भएकामध्ये सात जना भारतबाट फर्किएर आएकाहरु हुन् ।

 

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij