सत्तारुढ दलकै सांसदद्वारा बजेटको विरोध

सत्तारुढ दलकै सांसदद्वारा बजेटको विरोध

काठमाण्डौ
सत्तारुढ दलकै सांसदहरुले सरकारले ल्याएको बजेटको चर्को विरोध गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै सत्तारुढ दलका सांसदहरुलेसरकारको आलोचना गरेका छन् ।
सांसद गजेन्द्रबहादुर महतले सरकारको बजेटलाई गुटहरुको बजेटको संज्ञा दिनुभयो । उहाँले बजेट निर्माण गर्ने क्रममा जनताका प्रतिनिनिधिसँग औपचारिक कुरा गर्ने तर शीर्षगत विनियोजनमा कर्मचारीहरुसँग मिलेमतो गर्ने गरिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको बजेट कर्मचारीले चलाएको बजेट छ । अहिलेको दलालले चलाएको बजेट छ । अहिलेको बजेट भित्रियाबाट चलाएको बजेट छ । अहिलेको बजेट गुटबाट चलेको बजेट छ । ’

सांसदहरुलाई सरकार गठनको बेलामा मात्रै प्रयोग गर्ने गरिएको भन्दै उहाँले सांसदहरुलाई बाटो खर्च दिएर घर फर्काउन भन्नुभयो । उहाँले सरकारको आलोचना बढ्दै गएकाले बजेटप्रति असन्तुष्ट भएर सरकारको आलोचना गर्नभन्दा किन आलोचना हुन्छ भन्ने अनुसन्धानमा लागेको भन्दै व्यङ्ग्य गर्नुभयो ।

विद्युतीय सवारी साधनमा कर बढाउनु, निजी स्कुलले सार्वजनिक स्कुलको दायित्व लिने , चकलेटको करलगायत विषयमा मिलेमतोे भएको उहाँले दाबी गर्नुभयो ।

सांसद नविना लामाले नेपालको संविधान र पार्टीको चुनावी घोषणा पत्र दुवै कोणमा च्युत भएको भन्दै शिक्षा मन्त्री र अर्थ मन्त्रीले सदनमा आत्मालोचनासहित माफी माग्नुपर्ने बताउनुभयो ।

उहाँले अर्थ मन्त्रीले सरकार र नेकपा पार्टीको विचारधारालाई समेत सङ्कटमा पार्ने काम गरेको आरोप लगाउनुभयो । शिक्षा मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण आएको भन्दै त्यसबारे सदनलाई स्पष्ट पार्न माग गर्नुभयो ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij