काठमाडौं – आन्तरिक विवाद सामधान भएपछि जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेता महन्थ ठाकुर र समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जनता समाजवादी पार्टी दर्ता भएको हो ।
आइतबार औपचारिक रुपमा दर्ता भएको पार्टीको तेस्रो वरियताका नेतामा डा.बाबुराम भट्टराई छन् । भट्टराई पछि अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेताको रुपमा छन् ।
सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच १० वैशाखमा एकता भएको थियो ।
नेतृत्व कस्ले गर्ने भन्ने विषयमा देखिएको विवाद सामधान भएपछि आइतबार जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको हो । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ छ।
सत्तारूढ दल नेकपामा पनि दुई अध्यक्ष छन । तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । तत्कालिन माओवाी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालन गरिरहेका छन ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्