स्याङजामा कोरोनाका कारण मृत्यु मृत्यु हुनेको संख्या १४ पुग्यो

स्याङजामा कोरोनाका कारण मृत्यु मृत्यु हुनेको संख्या १४ पुग्यो

स्याङजा
कोरोना सङ्क्रमणका कारण थप एक जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको जानकारी नियमित पत्रकार सम्मेलनमा दिनेछ ।

नेपालमा अहिलेसम्म ३४ सय ४८ जनामा कोरोना पुष्टि भएकोमा ४ सय ६७ जना उपचारपछि निको भएका छन् । अहिले पनि १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टीनमा र २९ सय ६८ जना आइसोलेशनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ९६ हजार २ सय ५ जनाको पीसीआर र १ लाख ४५ हजार ४९ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij