अर्घाखाँचीमा नगर उपप्रमुखसहित थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अर्घाखाँचीमा नगर उपप्रमुखसहित थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवल
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपप्रमुखमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उपप्रमुख ठाकुर बिकमा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए।

भारत लगायत अन्य क्षेत्रबाट जिल्ला आएकाहरुको व्यवस्थापनमा खटिएको समयमा संक्रमितसँग सम्पर्क भएको हुनसक्ने उपप्रमुख बिकले बताए।

‘म नगरपालिका भन्दा बाहिर त गएको छैन, उनले भने, ‘बाहिरबाट आउनेहरूको व्यवस्थापनमा खटिएको समयमा संक्रमण भएका व्यक्तिसँग सम्पर्क भएको हुनसक्छ।’ उनले घरमै आराम गर्ने बताएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

‘घरमै सुरक्षित बसेरै कोरोनालाई जित्छु भन्ने आत्मविश्वास छ,’ उनले भने ।

नगरपालिकाका प्रमुखको पनि स्वाब पठाइएकामा उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

अर्घाखाँचीमा कोरोना भाइरस संक्रमितको संख्या ३६ पुगेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा सोमबार ३१ जनामा संक्रमितको पुष्टि भएसँगै संक्रमितको संख्या ३६ पुगेको हो ।

भारतबाट आएर स्थानीय तहले बनाएका क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनाको संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

जसअनुसार सन्धिखर्क नगरपालिकाकाका २९ जना, पाणिनी गाउँपालिकाका १ र शीतगंगा नगरपालिकाका १ जना रहेका छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij