रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, कान्छी बजार नजिकको मैनहवा गाउँमा भएको सामूहिक हत्यामा ज्यान गुमाउने पाँचै जनाको परिचय खुलेको छ ।
मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीका अनुसार उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती हुन् । उनीहरूको ठेगाना भने खुल्न बाँकी छ । । त्यस्तै, हत्यामा संग्लन सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् ।
उहाँका अनुसार घटनाको थप अनुसन्धान जारी छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्