संसदमा नयाँ नक्साको बहस लम्बियो : मन्त्रिपरिषद् भोलि बस्‍ने

संसदमा नयाँ नक्साको बहस लम्बियो : मन्त्रिपरिषद् भोलि बस्‍ने

काठमाडौं
संसद बैठक लम्बिएपछि मन्त्रिपरिषद् बैठक भोलि मात्रै बस्ने भएको छ। मंगलबारै अमेरिकी परियोजना एमसिसीबारे छलफलका लागि बस्‍ने भनिएको नेकपा सचिवालय बैठक पनि स्थगित भइसकेको छ। आजका लागि डाकिएको मन्त्रिपरिषद् बैठक बुधबारका लागि डाकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। प्रतिनिधिसभाको बैठकमा नेपालको नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ विधेयकमाथि रातिसम्म छलफल जारी छ। नयाँ नक्साबारेको छलफलका क्रममा प्रधानमन्त्री ओली पनि संसदमा आएका थिए। उनी केही समय संसदमा बसेर बालुवाटार फर्किसकेका छन्। बजेटमाथिको छलफल मंगबार सकिएको छ। अब बजेट पास गर्ने कार्यक्रम पनि भोलिको संसद बैठकमा राखिने भएको छ। सरकारले जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गर्ने तयारी गरेको थियो। मोडालिटी बारे छलफल गर्न बुधबार बस्ने मन्त्रपरिषद् बैठकमा छलफल हुने भएको छ। यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो। सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ। लकडाउनले देशमा संकट बढ्दै गएपछि यसको मोडालिटी फेर्ने तयारी भइरहेको छ। उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले असार १ गतेदेखि चरणबद्ध लकडाउन खुकुलो बनाउने प्रस्ताव गरिसकेको छ। समितिले दुई(दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउने तयारी गरेको छ। समितिले असार १ पछि ६ चरणमा ७० दिनभित्र लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ। पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने तयारी सरकारले गरेको छ। जेठ १७ गतेको मन्त्रिपरिषद बैठकले समितिलाई लकडाउनको नयाँ स्वरुप टुंगो लगाउने जिम्मा दिएको थियो। सरकारले लकडाउन खुकुलो बनाउने योजना नल्याएपछि काठमाडौं र अन्य स्थानका ब्यापारीले पसल खोलिरहेका छन्। लकडाउनकै बीचमा सडकमा गाडी बढ्न थालेका छन्।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij