मन्त्रीपरिषद बैठक आज, लकडाउनको मोडालिटीका विषयमा निर्णय हुने

मन्त्रीपरिषद बैठक आज, लकडाउनको मोडालिटीका विषयमा निर्णय हुने

काठमाडौं- लकडाउनको मोडालिटीको विषयमा निर्णय गर्न मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ ।

दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले असार १ गतेबाट क्रमश लकडाउन खुकुलो बनाउँदै खोल्ने विषयमा निर्णय गर्ने तयारी गरेको हो ।

उच्चस्तरिय समन्व्य समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले आजको बैठकमा लकडाउन खोल्ने विषयको प्रस्ताव पेश गर्दैछन् ।

समितिले पाँच चरणमा लकडाउन खोल्ने योजनासहितको कार्यनीति तयार पारेको छ ।

साढे २ महिनामा लकडाउन पूर्ण रुपमा खोल्ने गरि पाँच चरण अर्थात दस हप्ते योजना तयार पारेको समिति सदस्य समेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए ।

सरकारले अहिलेसम्म आठ पटक लकडाउनको अवधी थपेर जेठ ३२ गतेसम्म लकडाउन लम्व्याएको थियो ।

नेपालमा चैत ११ गतेबाट लकडाउन सुरु भएको थियो ।

यसैबिच मन्त्रिपरिषद्को बैठकले लकडाउन बारे निर्णय गर्नुअघि आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

लकडाउनको नयाँ स्वरूप (मोडालिटी) बारे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij