तिलोत्तमा सामुहिक हत्या काण्डका अभियुक्त सार्वजनिक :बदला, रिस र आवेगले हत्या : प्रहरी

तिलोत्तमा सामुहिक हत्या काण्डका अभियुक्त सार्वजनिक :बदला, रिस र आवेगले हत्या : प्रहरी

बुटवल-ईलाका प्रहरी कार्यालय बुटवलले मंगलबार रूपन्देहीको तिलोत्तमा १० मैनहियास्थित कृष्णबहादुर पुनको गंगादेवी कृषि फर्ममा ५ जनाको हत्याका अभियु्क्तलाई बुधबार सार्वजनिक गरेको छ। तिलोत्तमा १० मैनहियास्थित कृष्णबहादुर पुनको गंगादेवी कृषि फर्ममा कार्यरत ३ जना र स्थानीय २ जना गरी ५ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका झसेन्द्र सिंजालीलाई सार्वजनिक गरिएको हो ।

अभियुत्त सिंजालीलाई फर्ममा काम गर्ने रूपन्देहीको सैनामैना नगरपालिका ५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर,फर्मका संचालक पुनका धर्म छोरा रमेश भन्ने पोषराज मुसहर, स्थानीय करण चौधरी र आशिष चौधरीको हत्या आरोपमा मंगलवार बिहान पक्राउ गरिएको थियो ।

घटनाको अनुसन्धानकालागि बनेको छानबिन टोलीका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारका अनुसार अभियुक्तले आफु माथि अनैतिक आरोप लगाउनेलाइ हत्या गर्ने योजना अनुरुप नै मादक पदार्थ सेवन गरी गराइ फरुवा र लाठीले हानेर हत्या गरेको बयान दिएका छन । ‘प्रारम्भिक अनुशन्धान र अभियुक्तको बयान अनुसार उसले आफनो चरित्र हत्या गरीएको र ठग भनेर आरोप लगाएकाले आवेगमा आएर हत्या गरेको देखिन्छ’ एसएसपि बैदवारले भने । पहिले लाठीले हानेर घाइते बनाएको र त्यसपछि फरुवाले हत्या गरेको देखिन्छ’ । आफुलाइ श्रीमतीले छोडेर गएको कुरालाइ समेत जोडेर चरित्र हत्या गरीएको र शाहुलाइ खेल लगाएर गाली खुवाएकाले सबैलाइ ठिक पार्ने सौंचले हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।  अभियुक्तले केही दिन अगाडी मुसा मार्ने विष समेत किनेको प्रहरीले जनाएको छ । साथै प्रहरीले अनुसन्धान जारी राख्दै प्रहरी बिधि बिज्ञान प्रयोगशालामा पठाउनको लागि मृतकको शरिरबाट रगत, फरुवा र लाठि पठाउन लागिएको जनानकारी गराईएको छ ।मृतकहरको शवलाई पोष्ट माटम पछि परिवारको जिम्मा लगाईएको प्रहरीले जानएको छ ।

 

प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij