मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा घटनास्थल निरक्षण

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा घटनास्थल निरक्षण

 

बुटवल ।

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले ४० बर्षिय माधव मुसहर र ३७ बर्षिय जानकी मुसहरका दम्पती एवम् ३ जना किशोर: १४ बर्षिय पोषराज मुसहर,१७ बर्षिय करण चौधरी, १७ बर्षिय आशिष चौधरी गरी ५ जनाको एक्कै ठाउँमा बिभत्स हत्या गरिएको स्थान रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १० मैनिहियास्थित पशुफार्मको निरीक्षण गरेको छ । अवलोकन निरीक्षण कार्यक्रममा शान्ति समाज रुपन्देहीका जिल्ला सभापति डिपि खनाल, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश ५ का निमित्त प्रमुख इन्द्रजित सहानि, शान्ति समाजका जिल्ला सचीव अर्जुन ज्ञवाली, अनलाइनखवरका पत्रकार टिआर शर्मा, रातोपाटी अनलाइनका प्रदेश ५ प्रमुख तेजेन्द्र केसी, शान्ति समाजका जिल्ला सदस्य कृष्ण पाण्डे लगायतको उपस्थिति रहेकोथियो । अवलोकनको क्रममा मानवअधिकार तथा शान्त समाज रुपन्देहीले यस्ता जघन्य अपराधपुर्ण, अमानवीय एवम् क्रूर पासविक घटनाको घोर निन्दा एवम् भत्सर्ना गर्दै जघन्य हत्याकाण्डको छिटोभन्दा छिटो सत्यतथ्य, निष्पक्ष छानबिन गरि दोषीलाई दण्डित गर्न आफुहरुको माग रहेको शान्ति समाज रुपन्देहीका सभापति डिपि खनालले बताउनुभयो । उहाँले तिन तहका सरकार, सुरक्षाकर्मी, सरोकारवालाहरु एवम् स्थानीयस्तरले यस्ता घटना अब उपरान्त नघट्नको लागि आ-आफ्नो ठाउँबाट थप सजगता र सुरक्षा सतर्कता बढाउन आग्रह गर्नुभएकोछ । पीडितहरुलाइ तत्काल राहत, नियमित जिवनयापन लागि आवश्यक ब्यवस्थापन, बाबाआमा गुमाएका सन्तानलाइ शिक्षाको प्रबन्ध एवं पीडित सबैलाई अबिलम्ब न्याय दिन शान्ति समाजका सचीव अर्जुन ज्ञवालीले माग गर्नुभएको छ ।

 

प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij