नवलपरासी।
पश्चिम नवलपरासीमा प्रहरीले दुई जनालाई लागु औषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार पाल्हीनन्दन गाउँपालिका २ मडेराबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले रामग्राम नगरपालिका ७ उजैनी निवासी ४१ बर्षीय चन्द्रिया राठौर र २१ बर्षीय अजय राठौरलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय अमानिगंजको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु १३ प ४३६५ नम्वरको मोटर साइकल रोकी जाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाबाट प्रहरीले फेनारगन २३८ एम्पुल, डाइजापाम १५८ एम्पुल, नुफिन १९ एम्पुल गरी पाँच सय ९२ एम्पुल लागुऔषध बरामद गरेको छ । उनीहरु लागुऔषध वेचविखनमा सम्लग्न रहेको आशंकामा प्रहरीले यस अघिदेखि नै निगरानीमा राखेको थियो ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्