विश्वमा कोरोना ; ७५ लाख बढी संक्रमित ४ लाख २३ हजारको मृत्यु

विश्वमा कोरोना ; ७५ लाख बढी संक्रमित ४ लाख २३ हजारको मृत्यु

काठमाडौं,। कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९४७ जनाको मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या ४ लाख २३ हजार ८२ पुगेको हो ।

संक्रमित हुने मानिसको संख्या ७५ लाख ८३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३६ हजार ३७७ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको संख्या ७५ लाख ८३ हजार ५२१ पुगेको छ ।

३३ लाख २७ हजार २७३ जनाको उपचार भइरहेकोमा ५३ हजार ८७६ जनाको अवस्था गम्भीर छ ।

३८ लाख ३३ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८१ हजार ४५८ जनाको मृत्यु भएको छ ।

२१ लाख ५६ हजार १४६ जना संक्रमित भएकोमा ११ लाख ३४ हजार ४९० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४१ हजार ३४४ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या २३ लाख ८६ हजार १७४ पुगेको छ ।

त्यसमध्ये ९ लाख ९८ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३७ हजार ९०० जनाको मृत्यु भएको छ ।

१४ लाख ९९ हजार ३३६ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५७४ जना संक्रमणमुक्त भएका छन्

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij