दोस्रोपटक कुवेतबाट आएका ३ सय महिलाहरुमध्य ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका ५७ जना

दोस्रोपटक कुवेतबाट आएका ३ सय महिलाहरुमध्य ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका ५७ जना

बुटवल । तेस्रो मुलुकबाट नेपाल फर्केका नेपालीहरुलाई नेपाली सेनाको समन्वयमा उनीहरुको गन्तब्य स्थान पठाउने क्रम सुरु भएको छ । बिहिबार कुबेतबाट काठमाडौ आईपुगेका नेपालीहरु मध्य प्रदेश नम्बर ५ का ५७ जना महिलाहरुलाई बिहिबार नै बुटवल पठाईएको छ ।

कोभिड(१९ का कारण बिदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गरि स्वदेश ल्याउने क्रममा आज दोस्रोपटक कुवेतबाट ३ सय महिलाहरुलाई काठमाडौ ल्याइएको थियो ।

तीनसय जना मध्ये ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका ५७ जना महिलाहरुलाई उर्जा मन्त्री बर्षमान पुन ‘अनन्त’ को समन्वय र नेपाली सेनाको ब्यबस्थापनमा धुम्बाराहीस्थित कुन्डिलिनी पार्टी प्यालेसको होल्डिङ सेन्टरमा केहिबेर होल्डमा राखेरबुटवल पठाइएको हो ।

बुटवलमा लुम्बिनी बाणिज्य क्याम्पसमा सेनाले बनाएको होल्डीङ सेण्टरमा राखेर उनीहरुलाई गन्तब्य सम्म पु¥याउने तयारी भईरहेको नेपाली सेनाले जनाएको छ ।

११ बजे सम्म बुटवल आईपुग्ने उनीहरुलाई यातायात ब्यवसायीहरुको सहकार्यमा गन्तब्य पठाउने तयारी भईरहेको नेपाली सेनाका मध्य पृतना हेडक्वाटरका पृतनापति संजय थापाले जानकारी दिएकाछन् ।

कुबेतबाट बिहिबार नेपाल झरेर बुटवल आउंदै गरेका महिलाहरुलाई सुरुमा बाणिज्य क्याम्पसमा होल्डमा राखिने र उनीहरुको स्थायी बमसस्थान सम्म होम क्वारेन्टाईनमा बस्ने गरि पु¥याईदिने ब्यवस्थापन नेपाली सेनाले गरेको छ

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij