बुटवल ।
नेपाल प्रेस युनियन केन्द्रीय सल्लाहकार तथा पुर्व महासचिव शिव लम्साल लगायतको एक टोलीले रुपन्देही शाखालाई स्वास्थ्य सामाग्री सहित प्रेस ज्याकेट प्रदान गर्नुभएकोे छ । लम्साल संगै प्रेस युनियनका केन्द्रीय सचिव खिला कार्की, केन्द्रीय सदस्य तथा महिला विभाग सदस्य रोजी पराजुली, प्रेस युनियन काठमाण्डौका पूर्व सभापती नकुल अर्याल लगायतको टोली बुटवल आएर माक्स, सेनेटाईजर तथा ३१ थान प्रेस ज्याकेट हस्तान्तरण गरेको हो ।
प्रेस ज्याकेट तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै लम्सालले संकटको समयमा अग्रपंतिमा रहने पत्रकारहरु पनि पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढ्दै जान थालेपछि थप जोखिममा रहेको अवस्थामा उनिहरुको स्वास्थ्य सुरक्षा र पेशागत सुरक्षालाई समेत ध्यानमा राखेर ज्याकेट र स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताउनु भयो ।
उहाँले कोरोनाको जोखिम दिनप्रति दिनबढ्दै जान थालेकाले सावधानीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।
युनियन रुपन्देहीका सभापती रेखा भुसालले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना ९कोभिड–१९० भाइरसको संक्रमणबाट बच्न नेपाल अहिले बन्दाबन्दीको अवस्थामा छ । सभापती भुसालले जोखिम बढ्दै जानथालेपछि नागरिकलाई सुचना दिनका लागि आफ्नो स्वास्थ्यलाई प्रवाह नगरी स्थलगत रिपोर्टिङमा खटिएका जिल्लाका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारलाई छनौट गरी अत्यावश्यक स्वास्थ्य सामाग्री सहित प्रेस ज्याकेट प्रदान गरिने बताउनु भयो ।
प्रेस युनियनका पुर्व केन्द्रीय उपसभापती तथा प्रेस युनियन रुपन्देहीका सल्लाहकार हरि लम्सालले पत्रकारहरु आम जनतालाई सूचना दिने प्रमुख माध्यम भएकाले विगतदेखिनै संकटका बेला अग्रपंक्तिमा रहने पत्रकार सुरक्षित रहेमात्र आम नागरिकले सहि सूचना प्राप्त गर्न सक्ने हुँदा सुरक्षित रहेर पत्रकारिता गर्न आग्रह गर्नुभयो । साथै यस्तो अवस्थामा लम्साल सहितको टोलीले बुटवल आएर प्रेस युनियन रुपन्देहीलाई प्रेस ज्याकेट तथा स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद दिनु भयो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्