कांग्रेस रुपन्देहीले असार २ गते देशमा रहेको समसामायिक समस्याहरुको बारे ध्यानकर्षण गराउने

कांग्रेस रुपन्देहीले असार २ गते देशमा रहेको समसामायिक समस्याहरुको बारे ध्यानकर्षण गराउने

भैरहवा ।
नेपाली कांग्रेस रुपन्देहीले आउदो असार २ गते देशमा रहेको समसामायिक समस्याहरुको बारे सरकारको ध्यानाकर्षन गराउने जनाएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिको शनिबार बसेको बैठकले नेपाली जनता कोरोना महामारीले प्रताणित भई रहेको सन्दर्भमा यसको असरलाई न्यूनिकरण गर्न नसकेको र जनता प्रति अनुत्तरदायी बनेको आरोप लगाएको छ । हरेक पक्षमा अनियमितता र भ्रष्ट्राचारमा सरकार चुर्लुम्म डुबेको अवश्थामा बिरोध स्वरुप ध्यानाकर्षण पत्र बुझाईने भएको कांग्रेसका भनाई छ ।

नेपाली कांग्रृेसका जिल्ला सभापति अब्दुल रज्जाकले केन्द्रिय समितिको निर्देशन अनुसार प्रत्येक जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाईने जानकारी दिए । उनले असार २ गते बिहान ११ बजे पार्टी कार्यालयमा जम्मा भई सामाजिक दुरी कायम राख्दै ध्यानाकर्षण पत्र बुझाईने जानकारी दिए । यसको लागी पार्टीले पार्टीमा आवद्ध सबै तह, भातृ संगठन र शुभेच्छुक संघ संस्थालाई पनि आव्हान गरेको छ ।

शनिबार बसेको कांग्रेसका बैठकले अहिले सरकारले कृषकहरुको न्यूनतम माग पनि पुरा नगरेकोमा असन्तोष ब्यक्त गरेको छ । किसानका आधारभूत आवश्यकता मलखाद , बिउ विजन, औषधी लगायतको आपूर्तिमा सरकार जिम्मेवार नदेखिएको पार्टीका निष्कर्ष छ । मुलुकलाई कृषिमा अत्मनिर्भर बनाउन र युवाहरुलाई कृषि प्रति उत्प्रेरित गर्ने गरि कार्यक्रम ल्याई आवश्यक कृषि सामाग्री समयमै उपलब्ध गराउन पनि पार्टीले माग गरेको छ । यसै गरि नेपाली कांग्रेसमा नेता तथा पूर्व राज्यमन्त्री दुर्योधन सिंह चौधरी र नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीका बुवा ईश्वरी प्रसाद भण्डारीको निधन प्रति दुख जनाउदै शोक प्रस्ताव समेत पारीत गरेको नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij