भीम अस्पतालको कोरोना विशेष अस्पतालबाट २६ जना कोरोना बिरामी डिस्चार्ज

भीम अस्पतालको कोरोना विशेष अस्पतालबाट २६ जना कोरोना बिरामी डिस्चार्ज

भैरहवा ।
रुपन्देहीको जिल्ला अस्पताल भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २६ जना कोरोना बिरामी डिस्चार्ज भई घर गएका छन् ।
जेठ १९ र २० गते आइसोलेशन वार्डमा भर्ना भएका २७ जना मध्ये २६ जना कोरोना संक्रमितलाई आज डिस्चार्ज गरि घर पठाइएको भीम अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताउनुभयो ।
१४ दिन आइसोलेसनमा बसेका २७ जनामध्ये एकजना बाहेक अन्य विरामीहरुमा कोरोना कोभिड–१९० सम्बन्धि लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको उपाध्यायले जानकारी दिनुभयो । एक जनालाई भने ज्वरो देखिएकोले डिस्चार्ज गर्न नसकिएको उहाले बतउनुभयो । अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा नविन दर्नालका अनुसार अस्पतालका अनुसार डिस्चार्ज हुनेहरु १९ वर्षदेखि ७० वर्ष उमेरका छन् ।
डिस्चार्ज हुनेहरुमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षिय महिला, ४१ र ४३ वर्षिय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षिय महिला र ४२ वर्षिय पुरुष, मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षिय पुरुष रहेका छन् ।
त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षिय महिला, बुद्धभुमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षिय पुरुष, शिवराज नगरपालिकाका २४ वर्षिय महिला, नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावलका गाउँपालिका २६ वर्षिय पुरुष रहेका छन् । डिस्चार्ज भएकालाई आज अस्पतालले विदाइ गरेको छ ।

प्रकाशित मिति : मंगलबार, असार २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij