नेपालमा एकैदिन ५८६ जनामा काेराेना पुष्टि,कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

नेपालमा एकैदिन ५८६ जनामा काेराेना पुष्टि,कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या सात हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा सङ्क्रिमत हुनेको सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो ।

धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, वीरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा दुई सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

भरतपुर अस्पतालमा भएको परीक्षणमा तीन, धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ । यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा एक, पोखरामा भएको परीक्षणमा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको छ ।

त्यसैगरी जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षणमा सात जनाको पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : बुधबार, असार ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij