काठमाडौं-नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।
नेपालको अद्यावधिक नक्सा अनुसार निशान छापमा रहेको नक्सा परिमार्जनका लागि राष्ट्रियसभाबाट सर्वसम्मतले संशोधन पारित भएको हो ।
बिहीबार राष्ट्रियसभामा छलफलपछि भएको मतदानमा जम्मा उपस्थित ५७ जना सांसद सबैले संशोधनको पक्षमा मतदान गरेका थिए ।
जम्मा ५९ जना राष्ट्रियसभा सदस्य भएपनि अध्यक्ष एक जनाले मतदान गर्न पाउँदैनन् भने एक सिट खाली रहेको छ ।
उपस्थित सबै सांसदहरुले विधेयकको पक्षमा (हुन्छ भन्ने पक्षमा) हस्ताक्षर गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सरकारले ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरे ।
यसअघि गत शनिबार प्रतिनिधिसभाले उक्त संशोधनलाई सर्वसम्मतले पारित गरेको थियो ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले राष्ट्रियसभामा प्रस्तुत गरकी थिइन् ।
राष्ट्रियसभाबाट अब पारित भएको सूचना प्रतिनिधिसभालाई दिइनेछ ।
प्रनिधिधिसभामा पारित भएको सन्देश सुनाएर सभामुखले प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नेछन् ।
राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको निशान छापमा अद्यावधिक नक्सा समेटिने छ ।
प्रकाशित मिति : बिहिबार, असार ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]