थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८ हजार ६०५

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८ हजार ६०५

काठमाडौं – पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३३१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा २८२ जना पुरुष र ४९ जना महिला रहेका छन्। यस्तै, पछिल्लो २४ घण्टामा १८ महिला र १५८ पुरुष कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : शनिबार, असार ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij