बुटवल -रोटरी क्लव अफ बुटवल साउथद्धारा कोभिड १९को माहामारीवाट बच्नका लागि प्रयोग गरिने सेनिटाईजर र सेनिटाईजर डिस्पेन्सीङ मेशिन पाँच नम्बर प्रदेश दगां प्रहरी नियन्त्रण गण सुनवललाई प्रदान गरिएकोे छ ।
क्लवका अध्यक्ष देविदत्त ज्ञवाली र उपाध्यक्ष प्रेम भुर्तेलले दगां प्रहरी नियन्त्रण गण सुनवलका प्रमुख तथा प्रहरी उपरिक्षक विकासराज खनाललाई २ थान मेशिन हस्तान्त्ररण गर्नु भएका हो । क्लवले सामाजिक कार्य अन्र्तगत गणलाई सानो भएपनि सचेतना मुलक मेशिन प्रदान गरिएको क्लवका उपाध्यक्ष भुर्तेलले बताउनु भयो ।
सो अवसरमा गणका प्रमुख खनालले क्लवले प्रदान गरेको सामानको उचित संरक्षण गरि प्रयोगमा ल्याउने धारण व्यक्त गर्नु भयो ।
क्लवले आगामी दिनमा पनि यस्तै सामाजिक काममा सहयोग गदै जान पनि उहाँले आह्वान गर्नु भयो ।
प्रकाशित मिति : सोमबार, असार ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्