जिवन वचाईदिन अपिल

जिवन वचाईदिन अपिल

 

बुटवल –दुवै किड्नी फेल भएका गुल्मी चन्द्रकोट गाउपालिका ७ रुपाकोटका २८ वर्षिय लालवहादुर विकले आफ्नो जिवन बचाई दिन अपिल गरेका छन ।

रोजगारीको सिलसिलामा भारतमा रहदा उनले शरिरको दुखाई कम गर्ने औषधी सेवन गरेका थिए । दुखाई कम गर्ने औषधीकै कारण उनको मृगौला काम नगर्ने गरी फेल भएको चिकित्सकहरुले बताएको विककी श्रीमती सुनिता विकले सुनाईन ।

विकको हप्तामा ३ पटक डायलोसिस गर्नुपर्छ । २ वर्ष अघिदेखि नियमीत रुपमा डायलोसिस गरिएको छ । पैसाको अभावमा किड्नी फेर्न सकिएन ।’ उनले गुनासो सुनाईन –किड्नी फेर्न सपनै भयो, घरमा खानेकुरा किन्न समेत पैसा छैन ।’ श्रीमानको औषधीको लागि अहिले सम्म २५ लाख भन्दा वढि खर्च भएको उनले बताईन । मृगौलाको उपचार गर्दा घरखेत नै जाने अवस्थामा पुगेको विक परिवारले बताएका छन ।

विक दम्पत्ति उपचारकै लागि बुटवल ११ देविनगरमा कोठा भाडामा लिएर बसेका छन । ६ वर्षकी छोरी समेत रहेका ति दपत्तिले घरमा खानेकुरा नभएको गुनासो गरेपछि बुटवलका युवा समाजसेवी हरि क्षेत्रीले एक महिनाको लागि पुग्ने खाद्यान्न घर पु¥याई दिएका छन । उनले औषधीको लागि ४ हजार ५ सय रुपैया नगद समेत सहयोग गरेका छन ।

यस अघि दुई पटक सम्म खाद्यान्न सहयोग गरेको विककी श्रीमती सुनिताले बताईन । ‘उहांले खानेकुरा सहयोग गर्नुभयो , त्यसैले छाक टारेका छौ ।’ उनले भनिन– मृगौला फेर्न पैसा जोहो गर्न पाए जिवन वच्न सक्थ्यो ।’ क्षेत्रीले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागी गरिएको लकडाउनको कारण घरमा चुलो वाल्न नसकेका १२ सय भन्दा वढि घर परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन । राहत वितरणकै क्रममा मृगौला पिडितलाई भेटेको उनले बताए ।

मृगौला पिडित लालबहादुरले औषधीको लागि समेत पैसा नहुदा पिडा सहेर वस्नु परेको वाध्यता सुनाए । गुनासो सुनेपछि वुटवल टफिकचोक अष्टाङग मेडिकल सन्सर्नका संचालक थानेश्वर अर्यालले १ महिनालाई पुग्ने औषधी दिने बताए । रोट्याक्ट अफ वुटवल डाउन टाउनका पुर्व अध्यक्ष कमल थापा क्षेत्रीले विकको उपचारमा केही सहयोग गर्न सकिन्छ की भनेर छलफल भईरहेको बताए । ‘उहांको उपचारको लागि हिल गरिरहेका छौ । उनले भने– घरको अवस्था देख्दा पिडा भयो ।’

प्रकाशित मिति : बिहिबार, असार ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij