बुटवलमा पनि देखियो सलह किरा

बुटवलमा पनि देखियो सलह किरा

बुटवल
बुटवल क्षेत्रमा सलह किरा देखिएको छ ।शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको होबुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले किट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए। उक्त टोलीले निरीक्षण गर्दा सलह नै रहेको पुष्टि गरेको हो। प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले किसानहरूबाट सलह किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो। सुख्खानगर क्षेत्रका स्थानीयले सलह किरा छापेर डिव्वामा राखेपछि वैज्ञानिकलाई खबर गरेका थिए। नियन्त्रणका उपाय नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन। ५० वर्ष पहिले सलह आउँदा नियन्त्रणका प्रभावकारी उपाय अपनाउन नसकेको जानकारहरू बताउँछन्। रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन्। करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल,जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्न सकिन्छ। सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हो।

प्रकाशित मिति : शनिबार, असार १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij