काठमाण्डाै – सरकारले अहिले कायम लकडाउनलाई साउन ७ गतेसम्म थप्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेश, जिल्ला र पालिकाले भने केन्द्रसँगको समन्वयमा ठाउँअनुसार लकडाउन कडा र खुकुलो बनाउन सक्नेछन् । सरकारको यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक गाडी चल्ने छैनन् भने निजी गाडी अहिलेजस्तै जोर बिजोर प्रणालीमा चल्नेछन् । शिक्षण संस्था पनि बन्द हुनेछन् । अनुमतिप्राप्त बाहेक अरु जहाज चल्ने छैनन् ।
यस्तै काठमाण्डौ उपत्यका भित्रन सिफारिस अनिवार्य चाहिने भएको छ । अनिवार्य होम क्वरेन्टीइनमा बस्ने प्रतिवद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने सरकारको निर्णय छ ।
असार १ गतेदेखि लकडाउन खुकुलो भएको थियो । त्यसैअनुसार अहिले स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला भएको छ ।
प्रकाशित मिति : मंगलबार, असार १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्