चीनमा भेटियो महामारी ल्याउन सक्ने अर्को भाइरस,

चीनमा भेटियो महामारी ल्याउन सक्ने अर्को भाइरस,

चीनबाट फैलिएको कोभिड–१९ ले अहिले विश्वलाई सताइरहेको छ । यसैबीच अर्को खबर फैलिएको छ, चीनमा नयाँ भाइरस भेटिएको । खबरमा भनिएको छ, चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान गरेका छन्, जसमा महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ ।

यो खबर बिबिसी अनलाइनमा प्रकाशित छ ।

उपलब्ध जानकारी अनुसार उक्त स्ट्रेन सुँगुरमा हुन्छ तर, यसले मान्छेलाई पनि संक्रमित बनाउने सक्ने जोखिम छ ।

जोखिमपूर्ण कुरा त के भने, उक्त भाइरसले आफ्नो स्वरुप बदल्न सक्छ । यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलनसक्नेछ र सजिलै महामारीको रुप लिन सक्ने भन्दै शोधकर्ता यसबाट चिन्तित छन् ।

शोधकर्ताहरुका अनुसार यो भाइरसमा ति सबै लक्षण छन्, जसले मान्छेलाई संक्रमित गर्न सक्छ । त्यसैले यो भाइरसमाथि निगरानी राख्न जरुरी छ । यो एकदमै नयाँ भाइरस भएकाले मान्छेको शरीरमा यो रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम वा पटक्कै छैन ।

अहिले विश्वभरका विशेषज्ञ कोरोना भाइरस बिरुद्ध लडिरहेका छन् । नयाँ खोप र औषधि तयार गर्नका लागि खोज–अध्ययनमा जुटिरहेका छन् । यही अवस्थामा शीर्ष रोग विशेषण इन्फ्लुएन्जाको नयाँ र घातक स्ट्रेनलाई लिएर चिन्तित छन् ।

सन् २००९ मा आएको स्वाइनफ्लु त्यती खतरनाक थिएन, जति यसबाट मान्छे भयाभित थिए । किनभने यो भाइरस यसअघि पनि आएकै जस्तो थियो । मान्छेमा उक्त भाइरस बिरुद्ध लड्ने क्षमता विकास भइसकेको थियो ।

उक्त भाइरसको नाम ए(एचवान एनवान पिडिएम०९ थियो, जसको खोप अहिले बार्षिक खोपकै रुपमा लगाउन सुरु गरिएको छ ।

चीनमा जुन भाइरस पहिचान गरिएको छ, त्यो सन् २००९ मा आएकै स्वाइन फ्लु जस्तै छ तर यसमा केही परिवर्तन देखिएको छ । अहिलेसम्म यस भाइरसबाट कुनै खतरा छैन । तर, प्रोफेसर किन चाओ चेंग र उनका साथीहरु भन्छन्, ‘यस भाइरसमाथि कडा निगरानी राख्न जरुरी छ ।’

वैज्ञानिकका अनुसार जि–४ इए एचवानएनवान नामक यो भाइरस मान्छेको श्वासनलीमा टाँसिएर आफ्नो संख्या बृद्धि गर्न सक्छ ।

अहिले जुन फ्लु खोप उपलब्ध छ, त्यो संक्रमित व्यक्तिलाई बचाउनमा सक्षम छैन । यदि उक्त खोप आवश्यक्ता परेको अवस्थामा भने यसका लागि तयार गर्न सकिनेछ

ब्रिटेनको नौटिंघम युनिभर्सिटीमा काम गर्ने प्रोफेसर किन चो चेंगले बीबीसीसँग भनेका छन्, ‘कोरोना भाइरसको कारण हाम्रो ध्यान यसैमा केन्द्रित छ । तर, हामीले अरु नयाँ खतरनाक भाइरसमा पनि निगरानी राख्न जरुरी छ ।’

हुन त यो भाइरस अहिले तत्कालका लागि समस्या होइन तर यसलाई नजरअन्दाज गर्न पनि मिल्दैन । नेशनल एकेडेमी अफ साइन्सका बैज्ञानिकले भनेका छन्, सुँगुर र त्यसका आसपासमा काम गर्नेहरुमा निगरानी राख्नका लागि तत्काल व्यवस्था गर्नुपर्नेछ ।

युनिभर्सिटी अफ क्याब्रिज भेटरनेरी मेडिसिन विभागका प्रोफेसर जेम्स वुड्सले भनेका छन्, ‘घरपालुवा पशुपंक्षी महामारी फैलाउने भाइरसको स्रोत बन्न सक्छ ।’

प्रकाशित मिति : मंगलबार, असार १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij