तिलोत्तमाले दियो किसानलाई अनुदानमा बोयर जातको बोका

तिलोत्तमाले दियो किसानलाई अनुदानमा बोयर जातको बोका

तिलोत्तमा ।

तिलोत्तमा नगरपालिकाले व्यवसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा बोयर जातको बोका दिएको छ । नगरपालिकाले प्रजनन प्रयोजनको लागि किसानलाई शतप्रतिशत अनुदानमा बोयर जातको बोका दिएको हो ।

पशु सेवा शाखाले गरेको सूचनाअनुसार माग गर्ने ५ वटा बाखापालन फार्मलाई बोयर जातको बोका दिइएको नायव पशु सेवा प्राविधिक राजु कुँवरले जानकारी दिनुभयो । मंगलबार नगर उपप्रमुख जागेश्वरी चौधरीले किसानलाई बोका हस्तान्तरण गर्दै नगरपालिकाले व्यवसायिक कृषि प्रवद्र्धनको लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

बोयर जातको बाख्रा कम समयमैं बढी तौलको हुने भएकोले व्यवसायिक बाख्रापालनको लागि तुलनात्मक रुपमा राम्रो मानिन्छ । किसानको मागलाई मध्यनजर राखी नगरपालिकाले वडा नं. ७ को मिलिजुली बाख्रा पालन समूह, वडा नं. ११ को भुजेल बाख्रा फार्म, वडा नं. १२ का शान व्यवसायिक बाख्रा फार्म, पोख्रेली बाख्रा फार्म र वडा नं. १ को लुम्बिनी गट फर्मलाई बोयर जातको बोका प्रदान गरेको हो । अनुदानमा दिइएका बोकाको तौल ३६ देखि ४२ किलोसम्म छ ।

सोही अवसरमा किसानलाई आन्तरिक परजीवि विरुद्धको औषधि समेत प्रदान गरिएको छ ।

वडाध्यक्ष दधिराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले सम्झौताअनुसार अनुदानमा प्राप्त बोयर जातको बोकाको उपयोग गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, असार १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij