बुटवल
रोटरी क्लव अफ लुम्बिनी स्टार्स र रोट¥याक्ट क्लव अफ लुम्बिनी स्टार्सले मंगलबार एक समारोहकाबीच गरीब तथा असहायका लागि निःशुल्क रगत अभियानको घोषणा गरेका छन् ।
क्लवले रक्त संचार सेवा केन्द्र बुटवलमा आयोजना गरेको कार्यक्रममा एक बर्षमा ६६ जना गरीब तथा असहायको निःशुल्क ब्यवस्थापन गर्न आवश्यक पर्ने रकम ५० हजार एकमुष्ट रुपमा रक्त संचार सेवा केन्द्रलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्नुहुँदै रोटरी क्लव अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव प्रसाद भण्डारीले “स्वार्थभन्दा माथि सेवा” भन्ने मूल नारालाई अंगिकार गरेको रोटरी अभियान वर्ष २०१९—२०को अन्तिम दिन गरिब र असहाय कोही पनि पैसाको अभावमा रगत नपाउने अवस्थाबाट गुज्रन नपरोस् भन्ने उद्देश्यका साथ यस अभियानको थालनी गरिएको बताउनु भएको थियो ।
वहाँले यो अभियानलाई मानवीय सेवाको उच्च विन्दु रहेको समेत बताउनु भएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै रोट¥याक्ट क्लव अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष बिमल ढकालले रोटरीले अघि सारेको यस अभियानमा हातेमालो गर्न पाउँदा आफुहरु गौरवान्वित भएको जनाउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले जिवन बचाई राख्न अनिवार्य हुने रगत उपलब्ध गराउन रोटरी र रोट¥याक्ट क्लवले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै यस अभियानमा जुट्न सबै सामाजिक संघसंस्थालाई आग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि रोटरी जोन १६ का एसिसटेण्ट गभर्नर इन्द्र रिसालले पृथक उद्देश्यले स्थापित यस क्लवले यस्ता खालका रचनात्मक कार्यक्रमहरु गर्नाले समाजसेवीहरुको लागि उदाहरण बन्ने बताउँदै आफ्नो तर्पmबाट यस अभियानमा सक्दो सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति प्रेमलाल उदासले यस पुण्य कार्यमा सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गर्दै पैसाको अभाव खेप्नुहुने गरीब र असहाय माथिको सहयोग साँच्चिकै मानवधर्म भएको बताउनु भएको भयो । । नेपाल नियमित रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले यस अभियानको प्रशंसा गर्नुहुँदै आपूmहरु सहकार्य गर्दै अघि बढ्ने बताउनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै रोटरी क्लव अफ लुम्बिनी स्टार्स वर्ष २०२०—२१ का अध्यक्ष बालकृष्ण पाण्डेले क्लवले थालनी गरेको यस महाअभियानलाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव मुक्तिराम पन्थीले गर्नु भएको थियो भने रोट¥याक्ट क्लव अफ लुम्बिनी स्टार्सका संस्थापक सचिव योगेन्द्र कंडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
प्रकाशित मिति : मंगलबार, असार १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्