बुटवल – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितकाे संख्या १४ हजार नाघेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ४८२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार देशभरिका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा ११७ महिला र ३६५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १४ हजार ४६ पुगेको छ ।
नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या ४ हजार ६ सय ५६ पुगेको छ । आज थप १४ सय ७१ जना काेराेनामुक्त भएका हुन् ।
मृत्यु हुनेकाे संख्या आज एक जना थपिँदै ३० पुगेकाे छ ।
प्रतिक्रिया दिनुहोस्