बुटवल- लायन्स क्लब बुटवल स्टार्स ले विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा समुदायस्तरमा सिकाई सहजिकरण कक्षा शुरु गर्नको लागी बुटवल मावि मा सिकाई सहजीकरण मा चाइने सामान हस्तारण गरेको छ । नेपाल सरकारको निर्देशन अनुसार कक्षा संचालनमा संस्थागत रुपमा सहयोग गरेको लायन्स क्लब अफ बुटवल स्टार्रसका अध्यक्ष सुशील पाण्डेले बताए । कक्षा कोठामा अध्ययनमा समस्या भएपछि विद्यालय तथा कर्मचारीहरु परिचालन गरि १२ स्थानमा सेवा शुरु गरेको बुटवल माविका प्रधानाध्यापक अकरमुला खाले बताए । विद्यार्थीहरुको समुदायमा नै स्थान छनौट गरि पायक पर्ने स्थानमा रेडियो, टिभी कार्यक्रम चलाईने उनले बताए । माविले मजुवामा ५, पाखापानीमा ३, गढिटोलमा ३ लगायत गरि १२ वटा केन्द्रमार्फत पढाइ शुरु गरिने उनले बताए ।
बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले बालबालिकाहरुको सिकाई वातावरण बढाउने कार्यक्रम शुरु गरेको बताए । लक डाउनको कारण घरमा बसेका विद्यार्थीहरुलाई असार १५ देखि सिधै पढाइ अघि बढाउने भन्दा पनि मानसिक रुपमा सिकाई विकास गर्न जरुरी रहेको उनले बताए । शिक्षकहरुबाट कोरोनाका बारेमा राम्रो ज्ञान घरदैलोमै गएर दिने, ९० दिन घर बसाईको अवधिमा भएको कामको बारेमा समेत लेखन बढाउने काम गर्ने, ब्यक्तिगत दुरी कायम गरि सिकाई उपलब्धि हुने उनले बताए । नेपालमा मृत्युदर कम भएपनि समाजमा प्रसार बढ्ने जोखिम रहेको भन्दै यसतर्फ समेत सचेत हुनुपर्ने उनले बताए । स्थानिय टोलमा बच्चाहरुलाई जम्मा गरेर पायक पर्ने स्थानमा सिकाई सहजिकरण गर्न शिक्षकहरु परिचालन गर्न सुझाव दिए ।
केन्द्र संचालनका लागि लायन्स क्लब अफ बुटवल स्टार्सले १२ थान रेडियो र ३१ दर्जन कपी, पेन लगायत स्टेशनरी सामग्री हस्तान्तरण गरेको छ ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का एरिया –४ चिफ एमजेएफ सन्दिप कसौधनले क्लबले २०२०÷२१ का अध्यक्षको कार्यकालको पहिलो दिनमै शिक्षा क्षेत्रमा प्रमशसा गरेका थिए । त्यतै कार्यक्रमा रिजन चेयर पर्सन एमजेएफ आशिष कृष्ण श्रेष्ठ, जोन चेयरपर्सन एमजेएफ एम.एल पाण्डे,लायन्स डिष्ट्रिक लियो कमिटि मेम्बर सिप एमजेएफ दिपक भट्टराइ, शिक्षा पत्रकार समुह का उपाध्यक्ष कृष्ण मल्ल, कार्यक्रमका संयोजक दुर्गा आले लक डाउनको समयमा विद्यार्थीहरु घरमा सृजनसिल बनाउने गरि लाग्नुपर्ने बताए ।
प्रकाशित मिति : बुधबार, असार १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्