काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट अधिवेशन आकस्मिक रुपमा अन्त्य गरिएको विषयमा गम्भिर आपत्ति जनाएको छ । मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस भए लगत्तै बिहीबार बजेट अधिवेशन अन्त्य भएपछि कांग्रेसले अधिवेशन अन्त्य गरिनु अस्वभावीक भएको भन्दै आपत्ति जनाएको हो ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीले बजेट अधिवेशन अन्त्य गर्नु अस्वभाविक र आकस्मिक भएको प्रतिक्रिया दिर्दै भन्नुभयो, ‘पार्टी भित्रको आन्तरिक द्वन्द्वको विषयलाई लिएर संसदमा पार्टी र प्रतिपक्षी दलका नेताको आक्रमक विरोध अगाडि बढ्छ भन्ने आंकलनमा प्रधानमन्त्रीले सदनको अन्त्य गर्नु आपत्तिजनक छ ।’
त्यस्तै, कांग्रेस सांसद गगन थापाले संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य हुनुलाई ‘विनासकाले विपरित वुद्धि’को संज्ञा दिनुभएको छ । अप्रत्यासित बजेट अधिवेशन अन्त्य भए लगत्तै पार्टी भित्रको किचलोको अचानोमा संसद परेको सांसद थापाको टिप्पणी छ ।
प्रकाशित मिति : बिहिबार, असार १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्