गुल्मी – गुल्मीमा बाढी र पहिरोका कारण दुई जना बेपत्ता भएका छन् । इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा ९ वर्षकी बालिका अपिच्छा खत्री बेपत्ता भएकी छन् ।
बालिकाकी आमा २८ वर्षीय इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका छन् । पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल पुर्दा होटलमा बास बसेका एक जना सम्पर्कबिहीन भएको स्थानीय रामबहादुर केसीले बताउनुभयो ।
पहिरोमा परी वेपत्ता भएकी बालिकाको हजुरबुवा ६३ वर्षका टिकाबहादुर खत्री घाइते हुनुभएको छ ।
गएराति झण्डै १२ बजेतिर बस्तीभन्दा पाँच सय मिटर माथिबाट पहिरो खसेको हो । पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।
घटनाको जानकारी पाएपछि शुक्रबार बिहानै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्