काठमाडौं- नेकपाभित्र अन्तरसंघर्ष चलिरहेको अवस्थामा शुक्रबार दुई अध्यक्षबीच छलफल सुरु भएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी पार्टी एकीकरण गर्दा सुत्रधारको रूपमा बसेका विष्णु पौडेल र जनार्दन शर्मा प्रभाकरसहित ओली र दाहालबीच बार्ता सुरु भएकाे हाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीचको बार्ता जारी छ । स्थायी समितिका ४४ मध्ये ३० सदस्य आफ्नाविरुद्ध उभिएपछि ओलीको अल्पमतमा परेका छन् ।
आफू अल्पमतमा परेपछि पार्टी फुटाउन सजिलो हुनेगरी बिहीबार संसद अधिवेशन अन्त्य गरेको नेकपा नेताहरूले बताउँदै आएका छन ।
आन्तरिक शक्ती संघर्ष चलिरहेको अवस्थामा बिहीबार ओली र प्रचण्डले छलफलका लागि दौडधुप गरेका थिए ।
बिहीबारको बैठकमा प्रधानमन्त्री ओली पार्टी फुटाउने योजनामा रहेको निष्कर्षसहित नेपाल र प्रचण्ड समूहले जारी स्थायी समिति बैठक दुई दिन स्थगित गरी शुक्रबार दुई अध्यक्षको छलफलका लागि कार्यतालिका मिलाएका थिए ।
शुक्रबार बिहान नेकपाका दोस्रो पुस्ताका नेताहरूले बसेर पार्टी एकतालाई जोगाउनु पर्ने र दुई पार्टी एक हुँदाको सहमतिलाई आधार मानेर अघि बढ्नु पर्नेमा छलफल गरेका थिए ।
कृषि मन्त्री घनश्याम भुसालको निवासमा भएको छलफलमा प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्षमा नेताहरू सहभागी थिए ।
प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्