जात व्यवस्था र दलित मुद्दामा राष्ट्रिय मिडियाका सम्पादक सग सडक बहस

जात व्यवस्था र दलित मुद्दामा राष्ट्रिय मिडियाका सम्पादक सग सडक बहस

किर्तिपुर – रुकुम पश्चिम नरसंहार र जातीय आधारित हत्याहिंसाको विरोधमा विगत एक महिना देखि किर्तिपुरमा नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन र अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटिको आयोजनामा युवा तथा विधार्थीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् | आन्दोनलमा युवा विधार्थीहरुले विभिन्न विषयमा सडक बहस पनि गरिरहेका छन त्यही क्रममा रास्ट्रीय मिडियाका सम्पादक सहसम्पादकहरु सग विश्वविधालयमा जात व्यवस्था र दलित मुद्दामा राष्ट्रिय मिडियाको दायित्व बारे सडक बहस भएको छ | बहसमा सीएइजेका सहसम्पादक बाबुराम विश्वकार्माले अझै पनि जातको आधारमा विभेद भइरहेको छ भन्दै रुकुम हत्या शक्तिको आडमा भएको बताउदै नेकपा जतिको जातिवादी र दलित विरोधी दल अरु नदेखिएको र दलित दलालको पछी लागेर दलित दलित मुक्ति नहुने र अहिले झन् छुजाछुत झन् बढेको बताउदै अहिले हाताहातमा मिडिया पुगेकोले त्यसको सदुप्रयोग गर्दै यस्ता कुसस्कार बारे आवाज उठाउनु पर्नेमा जोड दिए | त्यस्तै नेपाल साप्ताहिकका पुर्व सम्पादक बसन्त बस्नेतले समाजमा ठुलो तप्काले जे कुरालाई सामाजिक सदभाव र मिलेर बसेर आएका छौ भन्यौ जे मा गर्व गर्दै आयौ त्यो त शव्दको खेलमात्र भएको समानताको कुरा छाडौ हामीले सामान्य आधारभूत मानवता पनि स्थापित गर्न नसकेका रहेछौ भन्दै यो मुद्दा दलितको मात्र नभएर गैरदलितको पनि रहेको यसका निम्ति सबैले आ आफ्नो ठाउबाट लेख र बोल्न जरुरि रहेको बताए साथै वरिष्ठ पत्रकारहरुले जसरि रुकुम घटनालाई तोडमोड गर्ने परियार गरे त्यो निकै नै खेदजनक रहेको बताए | जागर मिडियाका अध्यक्ष रेम विश्वकर्माले दलितहरु जन्मिदै विभेद भाग्दै आएको र इतिहासमा बाबाहरु बोल्न नसके पनि हामि अल्लीअल्ली बोल्न थालेको हिजो दबाईको आवाज अहिले बोल्न थालेका छन् तर ति आवाजलाई दाबाउन खोजिएको छ, मारिएको छ | आज जात व्यवस्था विश्वव्यापी हुदै गैरहेको र त्यसबाट दलित समुदाय थप पिडित भएको बताउदै अब यो जातिव्यवस्था भत्काउन सबैले आफ्नो ठाउबाट लाग्न जरुरि रहेको उल्लेख गरे | दलित अनलाईनका अशोक दर्नालले सबै दलितहरुले हरेक ठाउबाट आन्दोलन गर्नु पर्ने बताउदै त्यसम मिडियाले पनि भूमिका खेल्नु पर्ने जोड दिएका थिए सडक बहस रवि सेन्चुरीको अध्यक्षता , नविन तिवारीको स्वागत र रामलाल राजवंशी विके को संचालन मा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij