ओली–प्रचण्डबीच तीनघण्टा छलफल,सकारात्मक दिशामा अघि बढेको दाबी

ओली–प्रचण्डबीच तीनघण्टा छलफल,सकारात्मक दिशामा अघि बढेको दाबी

काठमाडौं – पार्टी भित्रको विवाद चर्किरहँदा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा तीन घण्टा लामो वार्ता भएको छ। उक्त भेटवार्तामा दुई नेताबीच सहमति भने नजुटेको दाबी स्रोतले गरेको छ। भेटका क्रममा पार्टीका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। दुई अध्यक्षबीचको वार्तामा सहमति नजुटे पनि छलफल सकारात्मक दिशामा अघि बढेको बताइएको छ। दुई अध्यक्षबीचको छलफलमा सहभागी नेता जनार्दन शर्माले कुरा सकारात्मक दिशामा अघि बढेको बताएका छन्। वार्तामा सहभागी पौडेलले तत्कालीन एमालेको तर्फबाट साक्षीको रुपमा हस्ताक्षर गरेका थिए भने र शर्माले तत्कालीन माओवादी केन्द्रबाट हस्ताक्षरका साक्षी हुन्। पौडेल र शर्मा पनि सहभागी भएपछि यो भेटलाई निकै महत्वका साथ हेरिएको थियो। तर दुई अध्यक्षले ठोस निर्णय भने गर्न सकेनन्। नयाँ नक्सा छापेपछि पछिल्लो समय प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन लागेको बताएका थिए। जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए। जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको थियो। अहिलेसम्म बोलेका अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्। उता नेतृत्वबीच चलेको शक्ति संघर्षका कारण पार्टी फुट नजिक पुगेपछि शुक्रबार बिहान कृषि मन्त्री घनश्याम भुसालको पहलमा ११ जना नेताहरु पुल्चोकमा जम्मा भएका थिए। त्यस्तै शुक्रबारै दिउँसो केन्द्रीय सदस्यहरु जम्मा भएर धुम्बाराहीमा धर्ना बसेका छन्। नेताहरुमाथि दोस्रो पुस्ताकाले निरन्तर दबाब बढाइरहेका छन्।

प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij