बुटवल-लियो क्लब अफ बुटवल खस्यौली पदस्थापन कार्यक्रम बिहिबार वुटवलमा सम्पन्न भएको छ । वर्ष २०१९÷२० का अध्यक्ष सरोज कडेलले वर्ष २०२०÷२१ का अध्यक्ष मंञ्जील बिश्वकर्मालाई पद हस्तान्तरण गरेका हुन । कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्टिक ३२५ बि २ एरिया –४ चिफ सन्दीप कसौधन, राजु पौडेल,मुक्ती श्रेष्ठ, संस्थापक अध्यक्ष आर्दश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा एरिया –४ चिफ सन्दीप कसौधनले कोभिड १९ को समयमा समुदायमा लियोको उपस्थिति र भूमिका अतुलनिय रहेको बताउँदै लियो क्लव अफ बुटवल खस्यौली को वर्तमान नेतृत्वलाई विगतका योजनाहरूलाई निरन्तरता दिँदै अघि बढ्न आग्रह गरे । मुलुक कोभिड १९ को महामारीबाट गुज्रिरहेको सन्दर्भमा सबै क्षेत्रमा यसको असर परेको उल्लेख गर्दै उनले तर यसैलाई आधार बनाएर सामाजिक दायित्वबाट नपन्छिन लियोहरूलाई आग्रह गरे। सामाजिक कार्यमा क्वलले महत्वपुर्ण भूमिका निर्वाह गरेको वताउदै आगामी दिनमा पनि उत्कृट कार्य गर्ने विश्वास व्यक्त गरे ।
त्यसगैरी वर्ष २०२०÷२१ का अध्यक्ष मंञ्जील बिश्वकर्माले वार्षिक कार्ययोजना पेश गरेका थिए भने ।
सचिव केशव भन्डारीले सरकारले निर्देशन गरे अनुसार दुरी कायम गरी कार्यक्रम गरिएको जानकरी दिए । त्यस्तै कोषाध्यक्ष सम्भु गुप्ताले बार्षिक बजेट पेस गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्