कञ्चन नदीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका युवा मृत अवस्थामा फेला

कञ्चन नदीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका युवा मृत अवस्थामा फेला

कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका वार्ड नं.४ स्थित कञ्चन नदिमा हिजो दिउस पौडी खेल्दा नदीमा डुबेर बेपत्ता भएका १७ बर्षिय युवा मृत अवस्थामा फेला परेका छन।
कञ्चन नदिको ढावा किनारमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका कञ्चन ४ प्रगतिचोक बस्ने टेक बहादुर थापाको १७ बर्षिय छोरा अर्जुन थापा कञ्चन नदी भैरमघाटमा निर्माणाधिन कञ्चन नदी सिंचाई बाँधमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।
एञ्जल थापा,यमु थापा,समीर थापा,उमेश पुन,सन्तोष बराल,विशाल घर्ति र निल अजय आले अर्जुन थापा लगायत स्थानिय युवाहरु शुक्रबार दिउस करिब १२ बजेको समयमा पौडी खेल्न गएको र पौडी खेल्नेक्रममा अर्जुन थापा करिव १:३० बजेको समयमा नदीमा डुबेर बेपत्ता भएका थिए । हिजो शुक्रबार नदीमा डुबेको थाहा पाउना साथ स्थानियहरुले गए राती १२ – १ बजे सम्म खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै पुन नदीको किनारमा खोजी गर्दा कञ्चन नदी सिंचाई बाँधमा मृत अवस्थामा स्थानियहरु फेला परे पछि ईलाका प्रहरी कार्यलय रुद्रपुरलाई जानकारी दिइएको थियो।
मृत युवाको सवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।

प्रकाशित मिति : शनिबार, असार २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij