थप २९३ जनामा कोरोना संक्रमण पुष्टी,

थप २९३ जनामा कोरोना संक्रमण पुष्टी,

काठमाडौं ।
आइतबार कोरोना भाइरसका २९३ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा मात्रै थप ३० जनामा कोरोना पुष्टि भएको छ।

जसमध्ये त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौंका २१, ललितपुरका २, भक्तपुरका १, वीर अस्पतालमा काठमाडौँका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ५ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।

हालसम्म १५ हजार ७४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले बताए ।

जसमध्ये ९ हजार २०३ आइसोलेसनमा रहेका छन् भने ६ हजार ५४७ अर्थात ४१ दशमलव ५ प्रतिशत व्यक्ति डिस्चार्ज भएर घर फर्किएका छन् ।

देशभर हालसम्म क्वारेन्टिनमा ३१ हजार ५७३ जना रहेका छन् ।

यसैबीच, मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ ।

संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्रटुक्री देखिएपनि सर्ने खालको नभएको डा। गौतमले बताए ।
सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म बाँच्ने उनले जानकारी दिए ।

प्रवक्ता डा। गौतमले भाइरसको पहिचान भएपनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि गरेको बताए ।

ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उहाँले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गर्नुभयो । सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि उनले आग्रह गरे ।

प्रकाशित मिति : आइतबार, असार २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij