परियार सेवा समाज रुपन्देहीद्धारा श्रन्दाञ्जलीसभा

परियार सेवा समाज रुपन्देहीद्धारा श्रन्दाञ्जलीसभा

बुटवल

परियार सेवा समाज रुपन्देहीले सैनामैनामा सवारी दुर्घटनामा परि मृत्यू भएको सातौ दिनको पुण्डय तिथिमा श्रन्द्धाञ्जलीसभा गरेको छ ।
समाजका प्रेस सल्लाहाकार सञ्चारकर्मी एंव कलाकार अनिल पहाडीको वुवा ५० बर्षिय टेक बहादुर परियार र नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान समेत रहेका दाजू ३० बर्षिय सन्तोष परियारको मृत्यूको शोकमा श्रन्दाञ्जली सभा गरेको हो । बुवा र छोराको सैनामैनामा गत मंगलबार सवारी दुर्घटनामा परि निधन भएको थियो ।
उक्त अवसरमा बोल्दै संविधानसभाका सदस्य एंव राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले सवारी दुर्घटनामा ज्यान गुमाएका बुवा र छोराप्रति श्रन्दाञ्जली दिदै परिवारमा परेको चोटप्रति आफूहरु साथमा रहेको बताउनुभयो । उहाँले सञ्चारकर्मी अनिल पहाडी र परिवारले आफ्ना बुवा र दाजू एकैसाथ गुमाउदा ठूलो चोट परेको बताउँदै शोकलाई शक्ति बदल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले हरेक मृत्यू अप्रिय हुने भन्दै अब शोकबाट बाहिर आएर मृतकहरुको सपना पूरा गर्न तर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा समाजका रुपन्देही अध्यक्ष लोक बहादुर नेपाली,राष्ट्रिय दलित पत्रकार संघ ने रुपन्देही अध्यक्ष टंक सुनार, समाजका सचिव कृष्ण नेपालीले बोल्दै मृत्यू निश्चित भएकाले त्यसलाई स्विकार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो।

उक्त कार्यक्रममा परियार सेवा समाज रुपन्देहीका सल्लाहाकार रामकुमार रणपाल, समाजका केन्द्रीय सदस्य जंग बहादुर बुढाप्रिथि, सरोज गौतम, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य विनोद परियार लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्ष र जिल्ला समितिको टोलीले समेत श्रद्धान्जली दिएको जिल्ला कोषाध्यक्ष कृष्ण रणपालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, असार २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij