तुलसीपुर कारागारमा एक जना कैदीबन्दीको मृत्यु

तुलसीपुर कारागारमा एक जना कैदीबन्दीको मृत्यु

दाङ: तुलसीपुर कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका(४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको सोमबार बिहान मृत्यु भएको तुलसीपुर कारागार प्रमुख असाई गोबिन्दा पन्थीले जानकारी दिइन्।

पन्थीका अनुसार ठगी मुद्दामा २०७५ साल असोज १५ गते कारागार चलान गरिएका मुसलमानलाई २०७६ साल पुसको ९ गते दाङको तुल्सीपुर कारागार ल्याइएको थियो।

दीर्घरोगी मुलसमानलाई बिहान स्वास्थ्यमा एक्कासि गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा बिहान करिब साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए। अहिले शवलाई प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : सोमबार, असार २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij