म्याग्दीमा बेपत्तामध्ये २० जनाको शव भेटियो, १३ अझै बेपत्ता

म्याग्दीमा बेपत्तामध्ये २० जनाको शव भेटियो, १३ अझै बेपत्ता

पर्वत
बिहीबार रातिको पहिरोमा परी म्याग्दीमा बेपत्ता भएकामध्ये २० जना मृत अवस्थामा फेला परेका छन्। नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहानबाट उद्धार कार्य सुरु गरेपछि १७ जनाको शव भेटिएको हो भने शुक्रबार साँझसम्म ३ जनाको शव भेटिएको थियो। प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले अहिलेसम्म २० जनाको शव फेला परेको र १३ जना अझै पनि बेपत्ता रहेको थाहा खबरलाई बताए। शनिबार मौसममा सुधार आएकाले २ वटै हेलिकोप्टर सहजै घटनास्थलमा जान सक्दा उद्धार कार्य तीव्र रूपमा भइरहेको तर मृतकहरू कुन–कुन स्थानीय तहका हुन भनेर यकिन भने गरी नसकिएको उनको भनाई छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरका अनुसार म्याग्दी सदरमुकाम बेनीबाट उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली स्थल मार्ग हुँदै घटनास्थलमा पुगेको छ भने सशस्त्र प्रहरीको टोली बाटोमै रहेको छ। हेलिकोप्टरबाट ठुलो सङ्ख्यामा सुरक्षाकर्मी जान नसकेका कारण स्थल मार्ग हुँदै गइरहेको टोली पुगेपछि उद्धार कार्य अभैm तीव्र बन्ने डिएसपी कुँवरले बताए। अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको धौलागिरी गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका ७ बिमका ३३ जनालाई बेपत्ता बनाएको थियो। बिहीबार रातीको पहिरोले ठाउँ ठाउँका सडक भत्किएका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पहिरो स्थलमा जान नसक्दा उद्धार कार्य नै प्रभावित भएको थियो। स्थल मार्गबाट उद्धार असम्भव भएपछि नेपाली सेना र सडक पहिरोले अवरुद्ध, खराब मौसमका कारण घाइतेको शुक्रवार उद्धार हुन सकेको थिएन।

प्रकाशित मिति : शनिबार, असार २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij