काठमाडौँ
काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएका काठमाडौंका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी काठमाडौंको गोकर्ण निवासी हुन् । उनको असार २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । पीसीआर परीक्षणको रिपोर्ट भने शुक्रबार साँझ आएको अस्पतालका निर्देशक डा। मुकुन्दराज जोशीले कान्तिपुरलाई जनाए ।
डा जोशीका अनुसार ती व्यक्ति असार १९ गते निमोनियाको समस्या लिएर भर्ना भएका थिए । अस्पतालका अनुसार उनमा मिर्गौलाको समस्या पनि रहेको थियो ।
कोरोना पुष्टि भएपछि मापदण्डअनुसार संक्रमितको शवलाई नेपाली सेनाले शनिबार बिहान व्यवस्थापन गरेको डा जोशीले जनाए ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
प्रकाशित मिति : शनिबार, असार २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्