काठमाडौं- भारतबाट सलहको थप झुण्ड नेपाल आउने सम्भावना रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । भारतबाट सलहको झुण्ड हावाकाे गतिसँगै नेपाल आउने सक्ने भन्दै मन्त्रालयले सतर्क रहन आग्रह गरेको हो ।
१४ असारमा नेपालमा सलह प्रवेश गरेको थियो । सो समय भित्रिएको सलहको झुण्ड सानो थियो । तर अर्को ठूलो झुन्ड आउने सम्भावना बढेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए ।
सुरुमा आएका सलह आफैँ हराउँदै गएको छ । भारतको पटना, दरभङ्गा, वनारसलगायतका क्षेत्रमा देखिएको सलह कुनै पनि बेला नेपाल छिर्नसक्ने प्रवक्ता केसीले बताए ।
भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपास १५० हेक्टर क्षेत्रफलमा सलहका दुईवटा छन् ।
यी झुन्डहरू हावाको बहावसँगै नेपालको धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना उनले बताए ।
प्रकाशित मिति : आइतबार, असार २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्